न्यादी हाइड्रोपावरको आइपीओ यस हप्ताभित्र बाँडफाँट गर्ने प्रारम्भिक तयारी

काठमाडौं । न्यादी हाइड्रोपावरको आइपीओ यस हप्ताभित्र बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यो हप्ताभित्र आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।
यद्दपी, अझै केही काम बाँकी रहेको र धितोपत्र बोर्डमा रिपोर्ट पनि नपठाएकाले कुन दिन बाँडफाँट गर्ने अन्तिम निर्णय भने भइनसकेको बिक्री प्रबन्धकले जनाएको छ । बिक्री प्रबन्धकका अनुसार यसको प्री–अलोटमेन्ट सोमबार कात्तिक १ गते गरिदैछ ।
२१ लाख ४७ हजार जना आइपीओ पाउनबाट बञ्चित
यता, न्यादी हाइड्रोपावरको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नु पर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
२३ लाख ५७ हजार १६६ जनाले २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा १४.०८ गुणा बढी हो ।
यस आधारमा सर्वसाधारणलाई बिक्री गरिएको २० लाख ९२ हजार ५०० कित्तालाई आधार मान्दा २ लाख ९ हजार २५० जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । २१ लाख ४७ हजार भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।
कम्पनीले असोज १५ गतेबाट १९ गतेसम्म २ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।
यसमध्ये ५५ अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो ।
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले न्यादीको आइपीओलाई औसत आधार जनाउने ‘केयर एनपी आइआर डबल बी’ रेटिङ दिएको छ । केयरले २०७७ असोज २३ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङको म्याद यही असोज २२ गते सकिएको छ ।
वि.सं.२०७८ असोज ३१ १६:१६