back
stc
prabhu insurance

आज कात्तिक १ गते रिडी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १२.६ प्रतिशत नगद लाभांश पाउन सेयरधनी बन्ने आज सोमबार कात्तिक १ गते अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि यस कम्पनीले मंगलबार कात्तिक २ गते बुक क्लोज गर्दैछ ।

कम्पनीको २०औं वार्षिक साधारण सभा कात्तिक १२ गते बस्नेछ। सभा कम्पनीको केन्द्रीय कार्यालय थापाथली काठमाडौंमा भर्चुवल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले रैराङ हाइड्रोपावरलाई मर्जर वा एक्विजिसनको निर्णय गर्ने एजेन्डा अघि सारिएको छ ।

कम्पनीले १२.६ प्रतिशत नगद लाभांश (कर सहित) दिने घोषणा गरेको छ । यो प्रस्ताव साधारण सभाले पारित गर्ने एजेन्डा रहेको छ । आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।