साल्ट ट्रेडिङको सेयरधनी बन्ने आज अन्तिम मौका
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको २५ प्रतिशत लाभांश हात पार्न सेयरधनी बन्ने आज कात्तिक १ गते सोमबार अन्तिम मौका हो । यसले साधारण सभा प्रयोजनका लागि मंगलबार कात्तिक २ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्दैछ ।
यस आधारमा सोमबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् । यस कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को वार्षिक साधारण सभा कात्तिक १६ गते बोलाएको छ ।
सभामा सञ्चालक समितिले गत चैतमा घोषणा गरेको २५५ लाभांश प्रस्ताव अनुमोदनका लागि पेश हुनेछ । कम्पनीले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । सभा जुम एप्लिकेसन मार्फत भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।
वि.सं.२०७८ कात्तिक १ ०८:३०




















