back
stc
prabhu insurance

सामलिङ पावर कम्पनीले आज  कात्तिक ४ गते बिहीबारदेखि आइपीओ बिक्री खुला 

काठमाडौं । सामलिङ पावर कम्पनीले आज  कात्तिक ४ गते बिहीबारदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ७ लाख ३० हजार कित्ता आइपीओ जारी गरेको हो ।

यस अनुसार कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ७ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गरेको हो । जसमध्ये २५ अर्थात् १४ हजार ६ सय कित्ता कर्मचारी र ५५ अर्थात् ३६ हजार ५ सय कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ ।

बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा लगानीकर्ताले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसअवधिमा सबै आइपीओ बिक्री नभएमा कात्तिक १८ गतेसम्म आइपीओ खुला हुने कम्पनीले जनाएको छ । यसमा लागानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

सामलिङ पावरको आइपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्राएनपी डबल बी माइनस रेटिङ्ग दिएको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।

यस आइपीओमा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सक्नेछन् ।