रैराङ हाइड्रोपावरले ५ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाए
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा रैराङ हाइड्रोपावरले ५ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४२.७२ प्रतिशत धेरै हो । गत वर्ष यसले ३ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि बढेको छ । चैत मसान्तसम्म आइपुग्दा विद्युत् बिक्रीबाट हुने आम्दानी २०.८० प्रतिशत ले बढेर २० करोड ५६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसैअवधिमा यसले विद्युत् बिक्रीबाट १७ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
जसमा कम्पनीले रैराङ खोलाको विद्युत् बेचेर ४५ लाख ८३ हजार र इवा खोलाको विद्युत् बेचेर २० करोड रुपैयाँ आम्दानी गरेको जनाएको छ । कम्पनीले अन्य स्रोतबाट ५ लाख १८ हजार रुपैयाँ आम्दानी गरेको छ ।
हाल रैराङ हाइड्रोपावरको चुक्ता पुँजी ५६ करोड रुपैयाँ र जगेडा कोषमा ५ करोड ७८ रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी वार्षिक १३ रुपैयाँ ०९ पैसा र प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ३४ पैसा रहेको छ ।
वि.सं.२०७९ वैशाख २३ १३:५५




















