back
stc
prabhu insurance

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता

काठमाडौं । बिमा समितिले बिमा कम्पनीहरुको चुक्ता पुँजी बढाउनु पर्ने निर्देशन दिएपछि हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता भएको छ । बिहीबार यी दुई बिमा कम्पनीबीच मर्जर सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा हिमालयन जनरल इन्स्योरेन्सका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ र एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष राजिभ सापकोटाले हस्ताक्षर गरेका हुन् ।

अब दुबै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्याँकन (डीडीए) सकिएपछि सेयर आदन प्रदान अनुपात (स्वाप रेसियो) तय हुनेछ । हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ छ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ छ ।

यी बिमा कम्पनीले बिमा समितिले तोकिएको पुँजी पुर्याउनको लागि मर्जरको बाटो रोजेका हुन् । बिमा कम्पनीबीच यो पहिलो मर्जर सम्झौता पनि हो । समितिले निर्जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी १ अर्ब रुपैयाँबाट बढाएर साढे २ अर्ब रुपैयाँ पुर्याएको छ ।