back
stc
prabhu insurance

रु रु जलविद्युत परियोजनाले ८ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाए

काठमाडौं । चालु आर्थिको वर्षको तेस्रो त्रैमासमा रु रु जलविद्युत परियोजनाले ८ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३१.९२ प्रतिशत ले धेरै हो ।

गत वर्ष यसले ६ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ९.८५ प्रतिशत ले बढेर १३ करोड २१ लाख रुपैयाँ पुगेको छ ।

गत वर्ष यसले विद्युत् बिक्रीबाट १२ करोड रुपैयाँ आम्दानी गरेको थियो ।यस्तै, वित्तीय लागतहरु पनि घटाएपछि खुद नाफामा सुधार भएको देखिन्छ । गत वर्ष १ करोड ९७ लाख रुपैयाँ रहेको लागत घटाएर अहिले १ करोड २० लाख रुपैयाँमा झरेको छ ।

कर्जा तिर्दै जानु, समग्र परियोजनाको लागत घट्नु लगायतका कारणले विद्युत विक्रीबाट हुने आम्दानी थोरैमात्र वृद्धि भए पनि नाफामा राम्रो प्रभाव परेको हो । हाल यसको चुक्ता पुँजी ४४ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

जगेडा कोषमा १२ करोड ६० लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ०५ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ १२ पैसा छ ।