back
stc
prabhu insurance

एनबीबीले पनि बोलायो विशेष सभा, अब एनबीबीको १०० कित्ता सेयर हुनेको हातमा नबिलको ४३ कित्ता

काठमाडौं । नेपाल बंगलादेश बैंकले जेठ ७ गते विशेष साधारण सभा बोलाएको छ । सभा, भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । सभामा नबिल र बंगलादेश बैंकको चल–अचल सम्पति प्रतिवेदनका आधारमा तयार पारिएको सेयर स्वाप अनुपात पारित गर्ने प्रस्ताव रहेको छ ।

बंगलादेशको १०० कित्ता सेयर बराबर नबिलको ०.४३ कित्ता सेयर अनुपात कायम हुनेछ । दुवै बैंक एक भएपछि बंगलादेश बैंकका सेयरधनीले आफ्नो १०० कित्ता सेयर बराबर नबिल बैंकको ४३ कित्ता सेयर पाउने छन् ।

बैंकको प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । दुवै बैंकबीच एक्वायर गर्न अन्तिम समझदारी पत्रमा भएका हस्ताक्षर तथा सम्झौताहरुको अनुमोदन गर्ने एजेन्डा पनि छ । बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।

विशेष सभा प्रयोजनका लागि बैंकले वैशाख ३० गते बुक क्लोज गर्ने भएको छ । वैशाख २९ गतेसम्म कायम रहने सेयरधनी मात्र विशेष साभामा भाग लिन सक्नेछन् ।

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई एक्वायर गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमतिसमेत पाइसकेको छ । यी दुई बैंकले गत पुस २९ गते एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यता, नबिल बैंकले पनि जेठ ७ गते विशेष साधारण सभा बोलाइ सकेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले विशेष साधारण सभा बस्ने निर्णय गरेको छ ।

विशेष सभा प्रयोजनका लागि बैंकले वैशाख ३० गते बुक क्लोज गर्ने भएको छ । वैशाख २९ गतेसम्म कायम रहने सेयरधनी मात्र विशेष साभामा भाग लिन सक्नेछन् ।