back
stc
prabhu insurance

नेपाल धितोपत्र बोर्डले रसुवागढी हाइड्रोपावरलाई आइपीओ ल्याउन अनुमति

काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेडलाई आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि कुल ६८ लाख ४२ हजार १०० कित्ता आइपीओ बिक्री गर्ने अनुमति पाएको हो । प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो ।

आइपीओ निष्कासन गर्ने अनुमति पाएसँगै अब यस कम्पनीले छिट्टै आइपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।