back
stc
prabhu insurance

आज राप्ती हाइड्रोको आइपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओमा आवेदन दिने आज असार १० गते शुक्रबार अन्तिम दिन हो ।

लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नु पर्नेछ ।  कम्पनीले जेठ २४ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । यसले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ६ लाख १२ हजार ७९३ कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

himalayan general insurance Side

 

कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दालाई आइपीओ जारी गरेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ६ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।