back
stc
prabhu insurance

नेपाल हाइड्रो डेभलपरको विशेष साधारण सभा स्थगित

काठमाडौं । गणपूरक संख्या (कोरम) नपुगेपछि नेपाल हाइड्रो डेभलपरको विशेष साधारण सभा स्थगित भएको छ । कम्पनीले सोमबार असार १३ गते साधारण सभा बोलाएको थियो ।

सोमबारको सभा स्थगित भएकाले कम्पनीले अब फेरि असार २९ गते विशेष सभा डाकेको छ । यसअघि राखेका सबै एजेन्डाहरु यथावत् गर्दै अब असार २९ का लागि सभा बोलाइएको कम्पनीले जनाएको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीको नियमावली संशोधन वा परिमार्जन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पेस हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले असार २ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, असार १ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन सक्नेछन् ।