एचआइडीसीएलको ३ करोड कित्ता सेयर लिलामी भर्ने आज अन्तिम मौका
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) को ३ करोड कित्ता संस्थापक सेयर लिलामी भर्ने आज असार १९ गते अन्तिम दिन हो ।
आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने एचआइडीसीएलले जनाएको छ ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ ।
यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ ।
साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ ।
यसमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम संख्याको लागि भने कुनै हद तोकिएको छैन ।
वि.सं.२०७९ असार १९ १०:१५


















