आइपीओमा पहिलो दिनमै अपर सोलु हाइड्रोको ४० करोड ९ लाख बढीको आवेदन
काठमाडौं । अपर सोलु हाइड्रोको आइपीओमा ४० करोड ९ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज सोमबार असार २० गते साँझसम्ममा ३ लाख ४१ हजार ८३५ कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २.२० गुणा बढी आवेदन हो ।
कम्पनीले आज असार २० गतेबाट सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यस अनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ५७ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गरेको हो ।
यो मध्ये ५५ अर्थात् ९७ हजार ८७५ कित्ता सामुहिक लगानी कोष र २५ अर्थात् ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा असार २३ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले अपर सोलु हाइड्राको आइपीओलाई मध्यम जोखिम आधार जनाउने ‘इक्रएनपी आइआर डबल बी प्लस’ रेटिङ दिएको छ ।
वि.सं.२०७९ असार २० १९:२८


















