back
stc
prabhu insurance

हिमालयन हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीको आइपीओ आज मंगलबार असार ८ गते बाँडफाँट भएको छ । यसमा गोलाप्रथा मार्फत १ लाख ८३ हजार ४७ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् ।

जसमध्ये २ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा कुल १५ लाख ९५ हजार ५५४ जनाले आवेदन दिएकामा १ हजर ६७३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएको छ ।

कम्पनीले असार १५ गतेबाट १९ गतेसम्म कुल १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । जसमध्ये ५५ अर्थात् ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

साथै, हिमालयन हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।