back
prabhu insurance
himalayanlife

आज श्वेत गंगा हाइड्रोपावरको आइपीओ बाँडफाँट हुँदै

काठमाडौं । श्वेत गंगा हाइड्रोपावरको आइपीओ आज साउन १८ गते बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सानिमा लिमिटेडलका अनुसार बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।

यसको प्री–अलोटमेन्ट सम्पन्न भइएको छ । यता, श्वेत गंगाको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।

यसमा १ अर्ब ८२ करोड ३९ लाख २७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जसमा १६ लाख ३ हजार ७७२ जना सर्वसाधारणले १ करोड ८२ लाख ३९ हजार २७० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारणबाट माग गरिएको भन्दा करिब ८.०३ गुणा बढी आवेदन परेको हो । श्वेत गंगाले साउन ४ गतेबाट ८ गतेसम्म सर्वसाधारणका लागि २२ लाख ७० हजार २५ कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।

कुल २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेकामा ५ प्रतिशत अर्थात् १ लाख १९ हजार ४७५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरिएको थियो ।