कुमारी बैंकको नाफामा आकर्षक वृद्धि
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कुमारी बैंकको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ४३.८७ प्रतिशत ले बढेर २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यसले १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । वितरणयोग्य नाफा पनि ६२.१२ प्रतिशत ले बढेर १ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष वितरणयोग्य नाफा १ अर्ब ९ करोड रुपैयाँ थियो ।
एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । खुद ब्याज आम्दानी २५.६७ प्रतिशत ले बढेर ६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ३२.६८प्रतिशत ले बढेर ३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।
प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८५ पैसाले बढेर १९ रुपैयाँ २७ पैसा भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ०१ पैसा छ ।

वि.सं.२०७९ साउन १८ ०७:४६




















