back
stc
prabhu insurance

ङादी ग्रुप पावरको १५०% हकप्रद सेयर भर्ने आज अन्तिम मौका

काठमाडौं । आज भदौ ७ गते ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रद सेयर भर्ने अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिनेछ ।

कम्पनीले साउन १८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा असार १९ गतेसम्म कायम रहने सेयरधनीले आवेदन दिन सक्नेछन् ।

यस हकप्रदमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौंका साथै सिद्धार्थ बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यस्तै, सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फ अनलाइन आवेदन दिन सकिनेछ । हाल यसको चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि यसको चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।