back
stc
prabhu insurance

सभापोखरी हाईड्रोपावरले आइपीओ जारी गर्ने

काठमाडौं । सभापोखरी हाईड्रोपावर लिमिटेडले आइपिओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आइपीओ निष्काशन गर्नका लागि आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

बिक्री प्रबन्धक नियुक्ती सम्बन्धि सम्झौतापत्रमा सभापोखरी हाईड्रोपावरको तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटा र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

सभापोखरी हाईड्रोपावरले संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिकामा ५ मेगा वाट क्षमताको लंखुवा खोला साना जलविद्युत आयोजनाको निमार्ण गरिरगेको छ ।