back
stc
prabhu insurance
nabil

चैत्र २३ गते युनाईटेड मोदी हाइड्रोपावरको साधारण सभा 

काठमाडौं । चैत्र २३ गते युनाईटेड मोदी हाइड्रोपावरले साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीले उक्त सभा अनलाइन माध्यमबाट पनि शेयरधनी सहभागी हुन सक्ने गरि हेरिटेज प्लाजामा आयोजना गर्न लागेको जनाएको छ । कम्पनीको फागुन २५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ३६८ प्रतिशत नगद लाभांश गरि कुल ७ दशमलव ३६८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आ।व। २०७८/७९ का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नेछ ।

सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम अमित पाण्डेलाई चार बर्ष कार्यकालका लागि कम्पनीको स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको जारी पूँजी बृद्धि गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र ८ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।