back
stc
prabhu insurance
nabil

आज नेसनल हाइड्रोपावरको साधारण सभा

काठमाडौं । आज चैत ३ गते नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडको साधारण सभा डेलिस ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजेबाट बस्दैछ  ।

कम्पनीले यस पटक लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन् । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन १९ गते बुक क्लोज गरीसकेको छ । तसर्थ, फागुन १८ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

हाल नेसनल हाइड्रोपावरले ५० प्रतिशत हकप्रद सेयर निष्सकानका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बोर्डबाट अनुमति पाएपछि यस कम्पनीले हकप्रद सेयर बिक्री खुला गर्नेछ ।