सिक्लेस हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सिक्लेस हाइड्रोपावरको नगद लाभांश (कर सहित) सुरक्षित गर्ने आज चैत १२ गते अन्तिम दिन हो । कम्पनीले सोमबार बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम रहने सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
यस कम्पनीले उक्त प्रस्ताव पारित गर्न चैत २० गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा सार्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा लैजानेछ । सभामार्फत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । साधारण सभा आभ्या क्लब, घारीपाटन पोखरामा बिहान ११ बजे सुरु हुनेछ ।
वि.सं.२०७९ चैत १२ १०:२७




















