back
stc
prabhu insurance

दोर्दी खोला जलविद्युतले १००% हकप्रद ल्याउने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले १०० प्रतिशत हकप्रद ल्याउने प्रक्रिया अगाडि बढाएको छ।कम्पनीले चुक्तापुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद ल्याउने प्रक्रिया अगाडि बढाएको हो।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता शेयर ल्याउनेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्नेछ।कम्पनीको गत पुस २९ गतेको वार्षिक साधारणसभाले हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरिसकेको छ।

यसैबीच कम्पनीले हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ। दुवै पक्षले बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।