back
prabhu insurance
himalayanlife

कालंगा हाइड्रो लिमिटेडको साधारण शेयर प्रत्याभुति सम्झौता

काठमाडौं । बझाङ स्थित १५.३३ मेगावाट क्षमताको आयोजना रहेकोका लंगा हाइड्रो लिमिटेडकोे कायम जारी पूँजी १ अरब ४० करोड मध्ये सर्वसाधारणहरुको लागि ३५ प्रतिशत अर्थात प्रति शेयर रु. १००/— का दरले हुने ४९ करोड बराबरको साधारण शेयर निष्काश नगर्नका लागि रु.३४.९० करोड ज्योति क्यापिटल लिमिटेडबाट तथारु. १४.१० करोड लक्ष्मी सनराईज क्यापिटल लिमिटेडबाट शेयर प्रत्याभुति सम्झौता गरी साधारण शेयर प्रत्याभुतिकर्ता नियुक्त गरिएको छ ।

कम्पनीको कालंगा कम्प्लेस, धोबीघाट ३, ललितपूर स्थीत रजिष्र्टड कार्यालयमा साधारण शेयर प्रत्याभुति कार्यको लागि कम्पनीको तर्फवाट संचालक तिर्थ राज चटौत तथाप्रत्याभुतिकर्ताहरु ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास ढकाल र लक्ष्मी सनराईज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुखकार्यकारीअधिकृत  बिजयलाल श्रेष्ठका बीच त्रिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरियो ।

जारीपूँजी रु.१ अर्व ४० करोड रहेको कालंगा हाइडो लिमिटेडका संस्थापक तथा संचालकहरु चिरपरिचित ब्यवसायी रहेका छन् । यस कम्पनीले बझाङ जिल्लामा कालंगागाड जलविद्युतआयोजना (१५.३३ मे.वा)को निर्माण सम्पन्न गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण समेत गरी आएको छ। निकट भविष्यमा आफ्नो आम्दानीबाट ऋण चुक्ता गरी साधारण शेयरधनीहरुलाई उचितप्रतिफलवितरण गर्ने योजना कम्पनीले लिएको छ।