back
stc
prabhu insurance

भोलि बुद्धभूमि नेपाल हाइड्रोपावरको विशेष साधारण सभा 

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले हकप्रद निष्कासन प्रस्ताव पारित गर्न कम्पनीको भोलि बुधबार जेठ ३० गते विशेष साधारण सभा बस्ने भएको छ ।

हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । हकप्रद निष्कासन प्रस्ताव पारित गर्न कम्पनीको भोलि बुधबार जेठ ३० गते विशेष साधारण सभा बस्ने भएको छ ।

कम्पनीको विशेष साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी, काठमाडौंमा बिहान १० बजे बस्नेछ ।

साधारण सभा प्रयोजनका लागि यसले जेठ २३ गते बुक क्लोज गरिसकेको छ । जेठ २२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भाग लिन पाउनेछन् ।

हाल यस कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।