मेयर उम्मेदवार हुन बागमती प्रदेश सभा सदस्य स्थापितको राजीनामा
काठमाडौं । बागमती प्रदेश सभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिनुभएको छ नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएपछि स्थापितले बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा दिनुभएको हो ।
जनप्रतिनिधिले पुनः उम्मेदवार हुन राजीनामा दिने संवैधानिक व्यवस्था अनुसार स्थापितले राजीनामा दिनुभएको हो ।
वि.सं.२०७९ वैशाख ११ १२:५९



















