back
stc
prabhu insurance

प्रधानमन्त्री प्रचण्ड विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता, शुक्रबारलाई पेसी

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । आज मंगलबार रामेछापका ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले छुट्टा छुट्टै रिट दर्ता गराएका छन् । उनिहरुले दर्ता गरेको रिटको पेशी यहि शुक्रवारका लागि तोकिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले टुडिखेलमा माओवादी द्धन्दमा मारिएका नेपालीहरुको जिम्मा आफुले लिने बताए पनि उनि विरुद्ध सर्वोच्चमा रिट हाल्न खोजिए पनि सर्वोच्च अदालत प्रशासनले दरपिट गरिदिएको थियो ।

सर्वोच्च अदालत प्रशासनको दरपिट विरुद्ध परेको अर्को रिटमै सर्वोच्च अदालतले मुद्दा दर्ता गर्न आदेश दिएको थियो ।

अदालतको उक्त कदमलाई लिएर राजनीतिक वृत्तमा अर्थपुर्ण मानिएको छ । सर्वोच्चको उक्त कदम पछि तत्कालिन माओवादीद्धन्दमा संलग्न रहेका र हाल विभिन्न राजनीतिक दलमा आवद्ध भएका ८ वटा दलले संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै विरोध जनाएका छन् ।

उनिहरुले यदि यो घटना अगाडी बढ्यो प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् । सत्ता समिकरण परिवर्तन पछि राजनीतिक दलले सत्ताका लागि अनेक प्रपन्च रचिरहेका छन् ।

बिहीबार राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपतिको निर्वाचनमा प्रभावित पार्ने उद्देश्य सहित यस्तो रिट परेको विश्लेषण गरिएको छ ।