back
hangrilabank
himalayanlife
stc

नेपाल उद्योग बाणिज्य महासंघमा विधान संशोधनको प्रयास

काठमाडौं । अहिले नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनको बेमौसमी बाजा बजाउने काम भैरहेको छ । वरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकाल निर्वाचित भएपछि उनलाई भावी अध्यक्ष हुनबाट रोक्न महासंघका पुर्व अध्यक्ष पशुपति मुरारका र अध्यक्ष शेखर गोल्छा विधान संशोधन गरि वरिष्ठ उपाध्यक्षलाई स्वतह अध्यक्ष हुने व्यवस्था हटाई अध्यक्षमा दिनेश श्रेष्ठ वा सौरभ ज्योतीलाई ल्याउन अध्यक्षमा प्रतिस्पर्धा हुने पुरानै प्रणाली व्युताउन लागि परेका छन्।

महासंघका कथित विशिष्ठ सदस्य पशुपति मुरारका र अध्यक्ष गोल्छा यतिबेला महासंघमा विधान संशोधनको बेमौसमी एजेन्डा बोकेर हिडिरहेका छन्।

एक वर्ष अघि वरिष्ठ उपाध्यक्षबाट स्वतह अध्यक्ष भएका गोल्छा आफू अध्यक्ष भएपछि आफै निर्वाचित भएको प्रणालीलाई संशोधन गर्न लागेर कालीदास प्रवृत्ति देखाउदै छन्।

पछिल्लो समय महासंघको विधान आफ्नो प्रतिकुल हुने भएपछि उनी विधान संशोधन गरेर आफू र आफ्नो समूह अनुकुलको बनाउन मरी मेटेर लागिरहेका छन् ।

गत भदौ १२ गते शनिबार महासंघको विधान संशोधन सम्बन्धी छलफल गर्न विशिष्ट सदस्य मुरारकाले बोलाएको मिटिङमा उनी निकट भनिएकाहरू उपस्थित नभएपछि मुरारका र गोल्छा तनावमा परेका छन्।

प्रदीपजंग पाण्डे ३५ वर्ष अगाडिको भष्टाचार मुद्दामा जेल परेपछि बाँकी कार्यकालका लागि २०७२ असार १८ बाट महासंघको नेतृत्व गरेका मुरारका अझै पनि महासंघमा आफ्नो प्रभुत्व कायम राख्न विधान संशोधनको चलखेलमा लागेका छन्।

विधान संशोधनको विषयमा छलफल गर्न मुरारका स्वयमले गत शनिबार विधान मस्यौदा समितिको बैठक बोलाएका थिए । उक्त मिटिङमा डीबी बस्नेत र सरोज श्रेष्ठबाहेक अन्य कोही सदस्य उपस्थित नभएपछि विधान संशोधनको ‘बृद्व मुरारका र बाल गोल्छा हठ्’ तत्कालका लागि तुहिन छ ।

मुरारकाले महासंघका अध्यक्ष शेखर गोल्छालाई कठपुतलीझैं नचाइ रहेका छन्। केटाकेटी स्वभावका गोल्छा अहिले महासंघका काममा मुरारकालाई नसोधि कुनै निर्णय गर्न नसक्ने अवस्थामा पुगेका छन्।

महासंघको विधान संशोधन मस्यौदा समितिका अन्य पदाधिकारी र सदस्यहरु उनको इसारामा नाच्नेवाला नदेखेपछि उनी थप तनावमा परेका छन् । त्यसैले मुरारकाले बोलाएको मिटिङमा प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष र वस्तुगत अध्यक्षहरू समेतले बहिस्कार गरेका छन् ।

मुरारकाले बनाएको विधान संशोधन समितिले बाँडेको पत्रमा पनि सबै जिल्ला नगरहरुले यस्तो गहन विषयको छलफल गर्न ५० प्रतिशत सदस्यको भेला हुनपर्ने सुझाव पठाएका छन् ।

यस्तो अवस्थामा मुरारका र गोल्छा जस्ता महासंघका एक दुई जनाले चाहेर विधान संशोधन गर्न सक्ने अवस्था रहेको छैन । तर, मुरारकाले उठाएको संशोधनको बेमौसमी मुद्दाका कारण महासंघका अध्यक्ष शेखर गोल्छा र महासंघ समेत निकम्मा र असफल सावित हुने परिस्थिति बन्दैछ ।

महासंघको विधानमा महत्वपूर्ण हेरफेर गर्ने र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउन पशुपति मुरारकाको समूहले चलखेल गरिरहेको छ । सोही चलखेललाई साथ दिएर महासंघका अध्यक्ष गोल्छा पूर्ण असफल सावित हुँदै गएका छन् ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष अध्यक्ष हुने प्रावधान हटाउन तत्कालीन अध्यक्ष भवानी राणाको पालामा पनि केही व्यक्तिले चलखेल गरेका थिए । तर, त्यसबखत भर्खरै बनेको नियमलाई सबैले विश्वास गर्नुपर्ने, महासंघमा अस्वास्थ्य प्रतिस्पर्धा हटाउन र गुट( उपगुटको कुप्रभाव निस्तेज पार्न विधानमा यो व्यवस्था गरिएको थियो।

विधानको यस्तो व्यवस्थापछि महासंघमा चुनावी गुट–उपगुटको प्रभाव कम भइ महासंघ एक ढिक्का भइ व्यवसायीक हकहितका कुरा उठाउदै र कार्यान्वयन गर्दै आएको थियो। वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष हुने प्रावधान हटाउनका लागि तत्काल त्यस्तो अध्यक्ष महासंघको नेतृत्व गर्न असफल सावित भएको हुनपर्ने चुनौती तात्कालिक अध्यक्ष भवानी राणाले दिएपछि त्यसवेला विधान संशोधन गर्ने षडयन्त्र असफल भएको थियो।

संशोधित विधान बमोजिमको राणा नेतृत्वको कार्यकाल पूर्ण रूपमा सफल भएकाले छोटो समयमा नै पुनः संशोधन गरेर उल्ट्याउन खोजिएको विधान त्यसवखत संशोधन हुन पाएको थिएन । त्यसबेला मुरारका समूह उक्त विधान संशोधनको विपक्षमा थियो । तर, अहिले आफ्नो प्रतिकुल भएको महसुश गरी पुनः विधान संशोधनको रटान गर्दै आएका छन् ।

महासंघको नेतृत्व गर्ने क्षमता नहुँदा नहुँदै पनि २०७२ असार १८ गते चिठ्ठा परेर प्राविधिक रूपमा अध्यक्ष भएका पशुपति मुरारकाले महासंघमा फेरि गुटबन्दी सिर्जना गरेर महासंघ फुटाउन खोजेका छन्। मुरारका र गोल्छा महासंघ फुटाएर माडवारी उधोगीहरूको नेपाल उधोग परिसंघमा जान खोजेको आरोप लाग्न थालेको छ।

नेवार समुदायको बाहुल्यता रहेको महासंघमा माडवारी मुलका उधमी व्यवसायीले केही वर्ष यतादेखि नेवार समुदायमा फुट ल्याउन विभिन्न चलखेल गर्दै आएका छन। महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, सौरभ ज्योति, उमेशलाल श्रेष्ठ बीचमा विवाद ल्याएर फेरि पनि महासंघको नेतृत्व रामचन्द्र संघाइको हातमा सुम्पने चलखेल बढाएका छन।