back
prabhu insurance
himalayanlife

निर्माण व्यवसायीहरूलाई सरकारले दियाे राहत

काठमाडौं । अघिल्लो केपी शर्मा ओली सरकारको समयमा बिभिन्न कारणले समयमा सम्पन्न हुन नसकेका निर्माण आयोजनाहरूको एक बर्ष एकमुष्ट म्याद थप गरिदिन निर्माण ब्यवसायी महासंघको तर्फबाट कैयौ पटक प्रधानमन्त्री, अर्थ मन्त्री, भाैतिक पुर्वाधार तथा यातायात मन्त्री, उर्जा, जलश्राेत तथा सिंचाइ मन्त्री, शहरी विकास मन्त्री, मुख्य सचिव तथा अन्य सरकारी निकायहरूमा डेलिगेसन गए तर तीन बर्ष सम्म कसैले पनि यस बिषयमा गम्भिरतापूर्वक चासो राखेका थिएन ।

यस बीचमा कतिपय निर्माण ब्यवसायीहरूले ठूलो रकम हर्जाना तिरेर पनि काम सम्पन्न गर्न बाध्य भएका थिए।

अन्य कुराहरू जे सुकै भए पनि बर्तमान शेर बहादुर देउवा सरकारले २०७८ चैत्र मसान्तसम्म निर्माण ठेक्काकाे काम सम्पन्न गर्ने म्याद थप गर्ने निर्णय गरेकाे छ ।

याे निर्णयले धेरै निर्माण ब्यवसायीहरूलाई राहत मिलेको छ,हर्जना तिर्न नपर्ने भएकाे छ । यस कार्यका लागि सरकारलाई निर्माण व्यवसायीहरूले विशेष धन्यवाद दिएका छन्।

No description available.