back
stc
prabhu insurance

काठमाडौँको सिडीओमा गोविन्द प्रसाद रिजाल

काठमाडौँ । काठमाडौँको प्रमुख जिल्ला अधिकारी (प्रजिअ)मा गोविन्द प्रसाद रिजालको सरुवा भएको छ । गृह मन्त्रालयले काठमाडौँका प्रजिअ काली प्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा प्रशासन महाशाखा प्रमुख रिजाललाई पठाएको हो ।

पराजुली प्रदेश जाने भएसँगै उनलाई केही समयका लागि मन्त्रालयमा राखिएको हो । सल्यान, कैलाली, रौतहट, दाङ, मकवानपुर लगायत देशका ठूला तथा महत्वपूर्ण जिल्लाको कमाण्ड सम्हाली सकेका रिजाल गृह प्रशासनका अनुभवी तथा अब्बल प्रशासकका रुपमा चिनिन्छन् ।

रिजाल सबैभन्दा लामो समय कैलालीमा करिब २३ महिना र दाङमा २२ महिना भन्दा बढी समय सिडिओ भएका थिए ।