आज श्रीराम सुगर मिल्सको साधारण सभा, लगानीकर्ताको हात खाली

काठमाडौं । आज भदौ २४ गते बिहीबार श्रीराम सुगर मिल्सको २५औं वार्षिक साधारण सभा बस्ने भएको छ । सभा अर्पण ब्यांक्वेट नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट जुम मार्फत सुरु हुनेछ ।
सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाहका विषमा छलफल हुँदैछ ।
यसैगरी, आर्थिक वर्ष २०७७/०७८ का लागि लेखा परीक्षक नियुक्त गर्ने पनि सभाको एजेन्डा छ ।
वि.सं.२०७८ भदौ २४ ०९:१२