शिवमले कात्तिक ८ गते बुक क्लोज गर्दै

काठमाडौं । शिवम् सिमेन्ट्सको २९ प्रतिशत नगद लाभांश हात पार्न कात्तिक ७ गतेसम्म सेयरधनी बनिसक्नु पर्ने भएको छ । शिवमले कात्तिक ८ गते बुक क्लोज गर्दैछ । लाभांश पारित गर्न शिवमले कात्तिक १६ गते साधारण सभा बोलाएको छ ।
शिवम सिमेन्ट्सले वितरण गर्न लागेको यो अहिलेसम्मकै धेरै लाभांश हो । गत वर्ष कम्पनीले सेयरधनीलाई २४.२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
साधारण सभा सोल्टी होटल सोल्टीमोड काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । कोरोना भाइरसका कारण सभा भर्चुअल माध्यमबाट पनि सञ्चालन हुने कम्पनीले जनाएको छ ।
सभामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा रहेको छ ।
वि.सं.२०७८ असोज ३१ १२:०६