back
stc
prabhu insurance

चन्द्रागिरी हिल्स नाफामा, सञ्चालन आम्दानी बढ्यो

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस अवधिसम्ममा कम्पनीले १ करोड ३१ लाख ७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसैअवधिमा यसले २ करोड ३७ लाख ३१ हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।

कम्पनीको सञ्चालन आम्दानी वृद्धि भएपछि नाफा पनि बढ्न पुगेको हो । यसले असोज मसान्त सम्म १८ करोड ६४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त आम्दानी ११ करोड १ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ छ । जगेडा कोष भने अझै पनि ३८ करोड १३ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

यसको प्रतिसेयर आम्दानी ८५ पैसा छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ १४ पैसा रहेको छ ।