back
prabhu insurance
himalayanlife

नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने

काठमाडौं । सरकारी स्वामित्वको वाणिज्य बैंक, नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूका लागि जीवन बीमा सम्बन्धी सेवा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले उपलब्ध गराउने भएको छ।

नेपाल बैंक र नेशनल लाइफ इन्स्योरेन्स बीच कर्मचारीको जीवन बीमा सम्बन्धमा बुधबार सम्झाैता पत्रमा हस्ताक्षर र हस्तान्तरण भएको हो ।

नेशनल लाईफका नायब प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेल र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्लेले सम्झाैता पत्र आदान पत्र गरे ।

बैंकले कर्मचारीलाई उपलब्ध गराउँदै आएको आवासीय कर्जा लगायतको सुरक्षणका साथै कर्मचारीको अनिवार्य जीवन बीमा समेतको सेवा नेशनल लाइफले उपलब्ध गराउनेछ।

वाणिज्य बैंकहरूमध्ये कारोबार आकार र नाफा आर्जन दुबैका हिसाबले अग्रणी रहँदै आएको नेपाल बैंक लिमिटेडमा हाल २ हजार ५ सयभन्दा बढी कर्मचारी कार्यरत छन् ।