back
stc
prabhu insurance

एनटिसीको मोबाइल सेवामा प्राविधिक समस्या देखिए

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । बुधवार बिहानैदेखि काठमाडौं सहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । तर, के कारण समस्या देखिएको भन्ने थाहा भएको छैन ।

मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेका छन् । यसअघि पनि बेला बेलामा टलिकमको सेवामा समस्या हुने गरे पनि मर्मत पछि फेरि सेवा सुरु गरेको थियो ।