इन्टरनेटको शुल्क बढाउने प्रस्ताव

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको प्याकेजमा रु. तीन सय सम्म वृद्धि गर्ने निर्णय गरि नेपाल दुरसंञ्चार प्राधिकरणमा हिजो भदौ ३० गते प्रस्ताव गरेको छ ।
सेवा प्रदायकहरुको संस्था इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन (इस्पान) ले शुल्क वृद्धिको अनुमतिका लागि दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको छ। शुल्क बृद्धिको अनुमति पाउना साथ शुल्क बढाएको छ ।
नेपाल विद्युत प्राधिकरणले पोल तथा ओपीजिडब्लु भाडादर सात गुणासम्म बढाएको भन्दै इस्पानले इन्टरनेटको शुल्क बढाउने निर्णय लिएको छ ।
संस्थाले हिजो प्राधिकरणलाई पठाएको पत्रमा सहरी क्षेत्रका प्रत्येक इन्टरनेट प्याकेजमा रु। एक सय ५० र ग्रामिण क्षेत्रमा तीन सयले वृद्धि गर्ने उल्लेख गरिएको छ ।
नेपाल विद्युत प्राधिकरण पोल तथ ओपिजिडब्लु भाडा बढाउने सूचना पश्चात निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुलाई मूल्यवृद्धि गर्ने बाहेक अरु कुनै पनि विकल्प बाँकी नरहेको भन्दै दुरसंञ्चार प्राधिकरणमा पत्र पठाएको थियो । प्राधिकरणले अनुमति दिनासाथ नयाँ शुल्क कार्यान्वयनमा आउने बताइएको छ ।
वि.सं.२०७८ भदौ ३१ ०५:४४