१२ जिल्लाका प्रमुख जिल्ला अधिकारी तोकिए
काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट १२ जनालाई जिल्लामा सरुवा गरिएको छ भने ३ जनालाई मन्त्रालयमा तानिएको छ ।
मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । उनी आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा थिए ।
त्यस्तै गुल्मीका सीडीओ रुद्रादेवी शर्मालाई भक्तपुर पठाइएको छ । पुण्यविक्रम पौडेललाई गुल्मी, शंकर अर्याललाई गोरखा, काशिराज दाहाललाई मोरङ सरूवा गरिएको छ । मोरङका सीडीओ कोषहरि निरौला भने मन्त्रालय तानिएका छन् । दीपक पहाडीलाई रामेछाप, नुरहरि खतिवडालाई संखुवासभा सरूवा गरिएको छ ।
यस्तै टेकनारायण पौडेललाई मन्त्रालय तानिएको छ । त्यस्तै टेकराज निरौलालाई दोलखा, वासुदेव घिमिरेलाई मन्त्रालयमा ल्याइएको छ । आश्मान तामाङलाई चितवन, कृष्णा लम्साललाई धादिङ, वीरेन्द्र यादवलाई उदयपुर र ऋषि तिवारीलाई रुपन्देही सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।


वि.सं.२०७८ भदौ ३० २१:४८




















