back
stc
prabhu insurance

६० वर्ष माथिका नागरिकलाई निःशुल्क सिम बाँड्दै नेपाल टेलिकम नेपाल 

काठमाडौं । नेपाल टेलिकमले ६० वर्षमाथिका वृद्ध वृद्धा जेष्ठ नागरिकहरूलाई निःशुल्क सिमकार्ड वितरण गर्ने भएको छ । संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस यसपटक असोज १५ गते परेको छ ।
याे अवसरमा नेपाल टेलिकमले मुलुकभरका ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप निःशुल्क सिमकार्ड प्रदान गर्ने भएको छ ।
सिमकार्ड असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकहरूलाई प्रदान गरिने भएकाे छ ।
यस्तो सिममा दश रुपैयाँ ब्यालेन्ससँगै ४० मिनेट कुराकानी गर्ने टकटाइम, २० वटा एसएमएस र ६० एमबी डेटा निःशुल्क रुपमा उपलब्ध हुने नेपाल टेलिकमले जनाएकाे छ ।
जसको मान्यता एक महिनासम्म हुनेछ । नेपाल टेलिकमका देशभर रहेका कार्यालयका काउन्टरहरूबाट ज्येष्ठ नागरिकहरूले यो सुविधा उपयोग गर्न सक्नेछन् ।
यसका लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र (नागरिकता प्रमाणपत्र वा ज्येष्ठ नागरिकको परिचयपत्र जस्तो विवरण) को प्रतिलिपि संलग्न गर्नुपर्ने टेलिकमले जनाएकाे छ ।
नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका ज्येष्ठ नागरिकहरूलाई उपलब्ध गराउने निःशुल्क सिमकार्डको सुविधाले दूरसञ्चार र सूचना प्रविधिको पहुँचमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।