नेपाल टेलिकमको दशैं अफर आयो

काठमाडौं । नेपाल टेलिकमले चाडपर्वका अवसरमा भोली असोज १९ गते मंगलबारदेखि विभिन्न डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको ‘फेस्टिबल अफर’ उपलब्ध गराउने भएको छ ।
सो अफर आगामी कात्तिक २ गतेसम्म जारी रहने छ। यसैगरी आगामी तिहार, न्हुँदया भिन्तुना र छठपर्वका अवसरमा यी अफर कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुनेछन् ।
डाटा प्याकअन्तर्गत रु. २९४ मा २० जीवी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीवी डाटा तीन दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुने भएको छ ।
यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएस गतिको अनलिमिटेड प्याक रु. ६९ मा उपलब्ध हुनेछ । भ्वाइस सेवाअन्तर्गत रु. २५ मा १ दिन (२४ घण्टा)( प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, रु. ४० मा तीन दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र रु. ५०० मा ३५ दिनसम्म प्रयोग गर्न सकिने एक हजार ३ सय मिनेटको प्याक उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।
यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने र रु. २०० देखि रु. ४९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु. ५०० भन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुने टेलिकम प्रवक्ताले जनाएका छन् ।
उल्लिखित प्याकेज प्राप्त गर्नका लागि ग्राहकले (#१४१५*) डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिने छ ।
त्यसैगरी कम्पनीको वेबसाइट मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।
वि.सं.२०७८ असोज १८ १९:४७