back
stc
prabhu insurance

आइएमई र नागरिक लगानी कोष वीच सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र आइएमई लिमिटेडवीच सम्झौता भएको छ । लगानी कोष र आइएमईबीच वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रपत्रमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले स्ताक्षर गरेका हुन् ।

अब वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउन र कोषको सेवा सुविधा उपयोग गर्न सक्नेछन् ।