नेपाली दूरसंचार सेवा प्रदायक कम्पनी एनसेल वर्ल्ड कम्युनिकेशन अवार्डमा दुई विधाका लागि अन्तिम सूचीमा

काठमाडौं । विश्व संचार सम्मान (वर्ल्ड कम्युनिकेशन अवार्ड) मा दुई विधाका लागि नेपाली दूरसंचार सेवा प्रदायक कम्पनी एनसेल एजियाटा लि. अन्तिम सूचीमा समावेश पर्न सफल भएको छ।
एनसेलले सामाजिक सेवा विधा र संकटकालीन सेवा विधामा पुरस्कारको लागि अन्तिम सूचीमा समावेश हुन सफल भएको हो । सामाजिक सेवा विधामा भारतीय कम्पनी पोलिक्याब सहित सातवटा कम्पनी सामाजिक सेवा अन्तिम सूचीमा समावेश गरिएका छन्।
त्यसैगरी संकटकालीन सेवा विधाको अन्तिम सूचीमा ६ वटा दूरसञ्चार कम्पनी समावेश गरिएका छन्। बेलायतमा टोटल टेलिकम नाम संस्थाले वर्ल्ड कम्युनिकेशन अवार्ड (डब्ल्युसिए) २३ वर्ष अघि स्थापना गरेको हो ।
यो अवार्डमा विभिन्न २० वटा विधामा सम्मान घोषणा गरिएको छ। यो सम्मान कार्यक्रम अक्टोबर २६ मा बेलायतको लण्डनमा आयोजना हुँदैछ
वि.सं.२०७८ असोज २९ २१:२७