back
prabhu insurance
himalayanlife

फाइब जी प्रयोगकर्ता सन् २०२५ सम्ममा २ अर्ब नाघ्नेस् अनुसन्धान

काठमाडौं। सूचना प्रविधिमा फाइब जी (पाँचौं पुस्ता) को प्रयोगकर्ता सन् २०२५ सम्ममा २ अर्ब १० करोड भन्दा बढी पुग्ने अनुमान गरिएको छ।

अनुसन्धान संस्था बेन एण्ड कम्पनीको नयाँ अनुसन्धानका अनुसार विश्वव्यापी रूपमा फाइब जी जडानको संख्या अहिलेको ७० करोड भन्दा कम रहेको प्रयोगकर्ताको संख्या ३ गुणाले बढ्नेछ ।

फाइबर जी प्रविधिको बढ्दो स्वीकार्यता र उपकरण सस्तिने भएपछि प्रयोगकर्ता बढ्ने हुन् । सन् २००९ मा फोर जी (चौथो पुस्ता) को प्रयोगकर्ताको संख्या सन् २०१७ सम्म आइपुग्दा वृद्धि दर जति रहेको थियो, त्यो भन्दा धेरै तीब्रगतिमा फाइब जीको प्रयोगकर्ता बढ्ने प्रतिवेदनमा उल्लेख छ।