back
prabhu insurance
himalayanlife

फोनपेको क्यूआर मर्चेन्ट संख्या १० लाख नाघ्यो, दैनिक ४ अर्ब माथिको कारोबार

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआर मर्चेन्ट संख्या १० लाख नाघेको छ। नेपाललाई क्यासलेस बनाउने योजना अनुसार ‘नगद छोडौं, फोनपे गरौं’ भन्ने नारासहित तीन वर्ष अगाडी स्थापना भएको फोनपेमा छोटो समयमै आम व्यवसायीको आकर्षण बढेको हो।

फोनपे नेटवर्कमार्फत हाल दैनिक ४ अर्ब बढिको कारोबार हुँदै आएको छ। वित्तीय क्षेत्रमा फोनपेले बनाएको यो नयाँ रेकर्डसँगै डिजिटल भुक्तानीको क्षेत्रमा ठूलो परिवर्तन समेत आएको छ।

फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन्। गाउँ गाउँसम्म विस्तार भइसकेको फोनपे क्यूआर सहरका अधिकांश पसलमा देखिन थालेका छन्।

ग्राहकहरुले पनि नगद बोकेर हिड्नुको साटो फोनपेमार्फत भुक्तानी गर्न सहज ठानेका छन्। डिजिटल कारोबारमा आएको यस परिवर्तनले मर्चेन्ट र ग्राहकलाई सहज बनाउनुका साथै नेपालको डिजिटल इकोनोमिमा ठूलो परिवर्तन ल्याउँदै जान थालेकोे छ।

मर्चेन्टको संख्या १० लाख पुगेको उपलक्ष्यमा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले बताए, ‘हामीले नेपालको अर्थतन्त्रलाई डिजिटल बनाउन नगदरहित समाजको जुन परिकल्पनाका साथ यसको सुरुवात गरेका थियौँ, छोटो समयमै मर्चेन्टको संख्या १० लाख पुग्दा हामी थप उत्साहित भएका छौँ।’