back
prabhu insurance
himalayanlife

टाटा समूहले एप्पल आईफोन भारतमा बनाउने

टाटा समूहले अब आईफोन (एप्पल आईफोन) भारतमा बनाउने भएको छ। टाटा समूहसँग ताइवानी कम्पनी विस्ट्रोन कारखाना खरिद गर्ने सम्झौता स्वीकृत भएको छ ।

टाटा समूहको कम्पनी टाटा इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडसँग विस्ट्रोन इन्फोकम म्यानुफ्याक्चरिङ ९इण्डिया० प्राइभेट लिमिटेडलाई १२ करोड ५० लाख डलर बेच्ने सम्झौता भएको छ।

इलेक्ट्रोनिक्स टेक्नोलोजी मन्त्री राजीव चन्द्रशेखरले शुक्रबार सामाजिक सञ्जालमा यो जानकारी दिए। टाटा समूहले घरेलु र विश्व बजारका लागि भारतमा दुई साढे दुई वर्षभित्र एप्पलको आइफोन उत्पादन सुरु गर्ने मन्त्रीले बताए ।