back
hangrilabank
himalayanlife
stc

असार २१ गते जनरल इन्स्योरेन्सको स्थगित तेस्रो वार्षिक साधारण सभा

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले स्थगित तेस्रो वार्षिक साधारण सभा असार २१ गते बोलाएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्नेछ ।

आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । सभा कम्पनीको प्रधान कार्यालय हात्तिसार काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यस अघि गत वैशाख २६ गते आह्वान गरिएको सभा कोरोना भाइरसका कारण स्थगित गरिएको थियो ।