आज साउन २० गतेबाट सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशन तथा विक्री खुला

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आज साउन २० गतेबाट प्राथमिक शेयर (आइपीओ) निष्काशन तथा विक्री खुला गर्ने भएको छ ।
कम्पनीले एक सय रुपैयाँ अंकति दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गर्न लागेको हो ।
जसमध्ये कम्पनीले ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख कित्ता अर्थात ५ प्रतिशत नै सामुहकि लगानी कोषका लागि सुरक्षित गरिएको छ । र बाँकि ५४ लाख कित्ता सर्वसाधरणका लागि छुटाइएको छ ।
उक्त आइपीओमा न्युनतम १० कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सकिने सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।
वि.सं.२०७८ साउन २० ०६:१०