back
hangrilabank
himalayanlife
stc

 नेप्सेमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं ।  सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १२ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

सोही बोनस अहिले सूचीकरण गरिएको हो । बोनस वितरणपछि यसको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ पुगेको हो ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३० करोड २३ लाख रुपैयाँ कमाएको छ । यसको प्रतिसेयर आम्दानी २७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २२४ रुपैयाँ ४७ पैसा रहेको छ ।