नेपाल प्रहरीका एआईजीको सरूवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सरुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको बताइएको छ ।
निर्णय अनुसार एआईजी हरि पाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मै यथावत रहने भएका छन् ।
एआईजी विश्वराज पोखरेल मानव स्रोत एवं प्रशासन विभागमा सरुवा भएका छन् । यसअघि पोखरेल प्रहरी एकेडमीबाट अपराध अनुसन्धान विभागमा सरूवा भएका थिए ।
यसैगरिअपराध अनुसन्धान विभागमा एआईजी प्रद्युम्न कार्कीलाई पठाइएको छ भने कार्कीको ठाउँ प्रहरी एकेडेमीमा निरज कुमार शाहीको सरुवा भएको छ ।
हालै एआईजीमा बढुवा भएका सहकुल थापालाई कार्य विभाग प्रमुखका रूपमा पदस्थापन गरिएको छ ।
वि.सं.२०७८ भदौ १७ २१:४०