प्राइम लाइफको नयाँ बोनसदर सार्वजनिक
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६/२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको असोज ६ गतेको पत्र मार्फत स्वीकृत भई बीमालेखहरुमा उक्त बोनस दर कायम हुने गरी सार्वजनिक गरेको हो ।
साथै इन्स्योरेन्सको अर्को बीमाङकयि मुल्याङकन बीमा समितिबाट स्वीकृत नभएसम्मको लागि आर्थिक वर्ष २०७६/०७७ कै बोनस दर मुनाफामा सरिक हुने बीमालेखहरुमा, मृत्यु दाबी , पुर्ण वा आंशिक अवधि दाबी भुक्तानी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखहरुमा यस बोनस दर कायम हुने जनाएको छ । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
सावधिक जीवन बीमालेख
कम्पनीले सावधिक जीवन बीमालेखको हकमा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३५ रुपैयाँ निर्धारण गरेको छ ।
१० देखि १४ वर्ष अवधिको लागि पनि ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ, २५ वर्षदेखि माथि अवधिके लागि ७० रुपैयाँ बोनसदर कायम गरेकोे छ ।
कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ९४ हजार ४ सय २६ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।
सावाधिक तथा आजीवन बीमालेख
सावाधिक तथा आजीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३६ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कामय गरेको छ ।
९ वर्ष अवधिसम्मको लागि प्रति हजार ३६ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५७ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख मात्रै १३ हजार ७ सय ५२ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको हकमा भने कम्पनीले न्युनतम ४० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि ४० रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ बोनसदर कायम गरेको छ भने २५ वर्ष अवधिभन्दा माथिको लागि कम्पनीले प्रति हजार ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।
कम्पनीले १५ देखि १९ वर्षे अवधिको यस बीमालेख १४ हजार ५ सय ३६ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४८ रुपैयाँ बोनश प्राप्त गर्ने छन् । प्राइम जीवन उपहार (अग्रिम भुक्तानी तथा सावाधिक) जीवन बीमा योजना र अन्य म्यादी जीवन बीमा योजनामा कम्पनीले एउटै बोनसदर ९३२ं ४०० ७२ रुपैयाँ कायम गरेको छ ।
वि.सं.२०७८ असोज ८ ११:४४




















