आइएमई जनरल इन्सुरेन्सको हकप्रदले यस्तो पायो रेटिङ

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले हकप्रद निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ । इक्रा नेपालले यो हकप्रदलाई ‘इक्रा आईआर बीबीबी’ रेटिङ दिएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो हकप्रदलाई मध्यम कर्जा जोखिम जनाउने रेटिङ दिएको हो । आइएमई जनरलले ४० प्रतिशत हकप्रद बिक्री गर्न बोर्डसँग अनुमति मागी सकेको छ ।
इन्स्योरेन्स कम्पनीले १०ः४ अनुपातमा ४६ लाख ३० हजार २५८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । आइएमई जनरल इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँबाट ४० प्रतिशत हकप्रद बिक्री गर्ने तयारी गरेको हो ।
उक्त हकप्रद बिक्रीपछि भने कम्पनीको पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले २३ करोड ४६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ११.६० प्रतिशत ले खुद नाफा वृद्धि गरेको हो । यस अवधिमा कम्पनीले ५८ करोड ७९ लाख ७१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ २७ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ७४ पैसा रहेको छ ।
वि.सं.२०७८ असोज १९ १६:४५