back
prabhu insurance
himalayanlife

सूर्या लाइफ इन्स्योरेन्सद्वारा १३.३६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको गत शनिबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब २६ करोड २८ लाख ९४ हजार ५२२ रुपैयाँ कुल १३.३६८४ प्रतिशतले हुन आउने ३० करोड २५ लाख १३ हजार २६३ रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको जनाएको छ।

प्रस्तावित लाभांशमा १२.७० प्रतिशतले हुन आउने २८ करोड ७३ लाख ८७ हजार ६०० रुपैयाँ बराबरको बोनस सेयर र ०.६६८४ प्रतिशतले हुन आउने १ कोड ५१ लाख २५ हजार ६६३ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ । प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

)(